
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ।
- बैठकमा प्रस्तावहरूमा राजनैतिक, सामाजिक, शैक्षिक र प्रशासनिक एजेन्डाहरू समावेश छन्।
- बैठकले १०० दिने अभियान, नीति, अनुशासन, सदस्यता र संस्थागत विषयहरूमा छलफल गर्नेछ।
१६ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारदेखि सुरु बैठकमा छलफल गर्नका लागि कांग्रेसले विभिन्न प्रस्तावहरू तयार गरेको छ ।
कांग्रेसका अनुसार बैठकमा छलफलका लागि तय गरिएका प्रस्तावहरूमा राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत एजेन्डाहरू छन् ।
बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसैगरी अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार, कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धबारे पनि बैठकमा छलफल हुनेछन् ।
यसैगरी कार्यसम्पादन समिति बैठकले गरेका निर्णयको अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने,
संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारीता लगायतबारेमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया 4