
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरीले महोत्तरी घर भएका दुई व्यक्तिलाई पेस्तोलसहित पक्राउ गर्यो।
- प्रहरीले डेरा खानतलासी गर्दा पेस्तोल, म्याग्जिन, रेडियो सेट, खुकुरी र मोबाइल बरामद गर्यो।
- उनीहरूलाई सोमबार पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१६ असार, काठमाडौं । पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरी घर भएका २९ वर्षीय सुरेश कुमार राम र २६ वर्षीय दिनेश कुमार राम छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
सूचनाका आधारमा उनीहरुको डेरा खानतलासी गर्दा किटक्याट लेखिएको बट्टाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
पेस्तोलका साथै त्यसमा लाग्ने म्याग्जिन २ थान, रेडियो सेट १ थान, रेडियो सेटको ब्याट्री १ थान, खुकुरी १ थान र ३ थान मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4