+
+
Shares

टप १० ब्रोकर कम्पनीको कारोबार ३४ प्रतिशत, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भयो।
  • टप १० ब्रोकर कम्पनीहरूले ३४.२३ प्रतिशत कारोबार हिस्सा लिएका थिए।
  • साहस ऊर्जा, बुटवल पावर, सानिमा माइ हाइड्रोपावर लगायत कम्पनीहरुको धेरै कारोबार भयो।

१६ असार, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.२३ प्रतिशत हो ।

यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर खरिद हुँदा २ अर्ब १५ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीको खरिद रकम बढी देखिएको छ । ६ ब्रोकर कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, डायनामिक, त्रिशक्ति, अनलाइन, अग्रवाल र क्यापिटलमार्फत खरिद धेरै भएको छ । त्यस्तै इम्पेरियल, सनी, भिजन र श्रीहरिबाट भने बिक्री धेरै भएको छ ।

आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, बुटवल पावर, सानिमा माइ हाइड्रोपावर, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सिंगटी हाइड्रोपावर, युनिभर्सल पावर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?