+
+
Shares

१५औं महाधिवेशनको मिति तोक्न नैनसिंह महरको माग

भातृ संस्थाहरूको महाधिवेशन गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बैठकमा उनले सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते २०:११
Photo Credit : महरको फेसबुक प्रोफाइलबाट
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग गरेका छन्।
  • उनले महाधिवेशनको अनिश्चितताले पार्टीमा अन्योल र सांगठनिक गतिशीलता प्रभावित भएको बताए।
  • महरले सरकार निर्माणको समयमा भएको सहमतिको कार्यान्वयन र पार्टीको चरित्रमा पार्ने प्रभावबारे प्रश्न उठाए।

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५औं महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा महरले कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग महाधिवेशनको मिति तय गर्नुपर्ने बताए ।

महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर परेको उनले सुनाए ।

‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्, यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ, विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन महाधिवेशनको कार्यतालिका सहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,’ बैठकमा उनले भने ।

महरले आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने भन्दै प्रचार समेत सुरु गरिसकेका छन् ।

महरले भने,‘संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन, सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानत: व्यवस्था गरिनुपर्छ ।’

क्रियाशील सदस्यता वितरण र नविकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लान उनले सुझाव दिए ।

भातृ संस्थाहरूको महाधिवेशन गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बैठकमा उनले सुनाए ।

महरले सरकार निर्माणको बेला भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले कांग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न गरे ।

उनले भने, ‘सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?