+
+
Shares

पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा 

कपिल कोइराला कपिल कोइराला
२०८२ असार १६ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ।
  • सडक विभाग र प्रहरीको सहयोगले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
  • सडक अवरुद्ध हुँदा तराईबाट आएका सवारी र एम्बुलेन्स समेत रोकिएका थिए।

१६ असार, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित खसेको पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा यातायात एकतर्फी खुलेको छ ।

वर्षापछि सडक माथिबाट खसेको लेदोको कारण बीपी राजमार्गको रोशी गाउँपालिका-९ नार्केमा सडक अवरुद्ध भएको थियो ।

सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि तराईबाट आएका एम्बुलेन्स लगायत सवारी साधन रोकिएका थिए । सडक एक तर्फी खुलाएर एम्बुलेन्स र रोकिएका सवारीहरु पास गराएपछि सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।

विशेषगरी बीपी राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?