 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तारकेश्वर नगरपालिका-३ मा नयाँ रिसोर्टको उद्घाटन गरे।
- मन्त्री शाहीले यसले पर्यटक आकर्षण र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए।
- स्वामी आनन्द अरुणले नेपाललाई प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको स्वर्ण भूमि भने।
१७ असार, काठमाडौं । तारकेश्वर नगरपालिका-३ मा नागार्जुन रिसोर्ट खुलेको छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले रिसोर्ट उद्घाटन गरे । कार्यक्रममा मन्त्री शाहीले पर्यटनमा यस प्रकारका संरचनाले ठूलो महत्त्व बोक्ने बताए । यसबाट आन्तरिक तथा वाह्य पर्यटक आकर्षित हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।
वनमन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटनमा जोड्नु पर्ने समेत बताए ।
उनले भने, ‘नेपाल विश्व पर्यटनमा महत्त्वपूर्ण गन्तव्य हो, ‘निजी क्षेत्रले गर्ने लगानीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री वातावरण बनाउन लागि परेको बताए ।’
सो अवसरमा स्वामी आनन्द अरुणले नेपाल पर्यटनको स्वर्ण भूमि भएको बताए । उनले विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए ।
उनले भने, ‘नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा विवेक नपुगेको हो ।’ सुन खानीमा बसेर अवसरका लागि भौतारिरहेको उदाहरण समेत उनले दिए ।
कार्यक्रममा तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको विकासमा यो रिसोर्ट महत्त्वपूर्ण सावित हुने बताए ।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी नेपाल स्तरिय पर्यटकलाई उत्कृष्ट सेवा दिन सक्षम रहेको बताए ।
रिसोर्टमा ६५ कोठा छन् । रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार एयर कन्डिसन युक्त डिलक्स कोठा, काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन, पर्याप्त पार्किङ, बच्चालाई विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्म सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायत रिसोर्टका परिकार हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4