+
+
Shares

निगुरोको भाउ बढ्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ११:५७

१८ असार, काठमाडौं । बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार निगुरोको भाउ बढेको हो ।

बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो ६० रुपैयाँ बढेको छ । मंगलबार निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । आज बुधबार भने यसको भाउ किलोमा १ सय १५ रुपैयाँ कायम छ ।

अघिल्लो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।

अहिले बजारमा निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?