+
+
Shares

६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १२:४३

१८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

यसअघि गत आइतबार केन्द्रीय बैंकले ६३ दिनकै लागि ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आउँदो १८ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?