+
+
Shares

एयर इन्डिया दुर्घटना : सिमुलेटरको विश्लेषणले देखायो प्राविधिक गडबडी सम्भावित कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:३२

१८ असार, काठमाडौं । गत महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन । तर, एयर इन्डियाका पाइलटहरूले फ्लाइट सिमुलेटरमा उडानको अवस्था पुनःनिर्माण गर्दा प्राविधिक समस्या सम्भावित कारण हुनसक्ने देखिएको छ ।

ब्लूमबर्गले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा भनिएको छ, सिमुलेसनमा पाइलटहरूले ल्यान्डिङ गियर झारिएको र फ्ल्याप्स नझिकिएको अवस्था बनाएका थिए । तर यस्तो संरचनाले मात्र विमान दुर्घटना नहुने देखिएको थियो।

तर, दुर्घटनाग्रस्त विमानको अवशेषको तस्वीरमा फ्ल्याप्स झिकिएको देखिएको छ, जसले फ्लाइटको ढिलो गतिको बेला थप उडान शक्ति दिन्छ।

एयर इन्डियाले भने सिमुलेसनको परिणामबारे टिप्पणी गर्न मानेको छैन। ‘यी अनुमान मात्रै हुन्, हामी अहिले केही भन्न सक्दैनौं’ एक प्रवक्ताले समाचार संस्था इन्डिया टुडेसँगको कुराकानीमा भने।

एउटा विश्लेषणमा पूर्व अमेरिकी नेभी पाइलट क्याप्टेन स्टीव शेइबनरले ‘डबल इञ्जिन फेल’ पनि सम्भावित कारण हुनसक्ने बताएका छन्।

सिमुलेसन भने एयरक्राफ्ट एक्सिडेन्ट इन्भेष्टिगेसन ब्यूरो (एएआईबी) को औपचारिक अनुसन्धानभन्दा अलग रुपमा गरिएको हो। पाइलटहरूको विश्लेषणमा ल्यान्डिङ गियर आंशिक रूपमा अगाडि झुकेको देखिएको छ, जसले गियर फिर्ता गर्ने प्रक्रिया सुरु भएको देखाउँछ। तर गियर ढोका खुलेका थिएनन् जसले शक्ति वा हाइड्रोलिक सिस्टममा समस्या भएको संकेत गर्छ।

एएआईबीको प्रयोगशालामा हाल ब्ल्याक बक्सको डाटा विश्लेषण भइरहेको छ। यसले दुर्घटनाको पूरा क्रम बुझ्न र दुबै इञ्जिन एकैपटक बन्द हुनुको कारण पत्ता लगाउन सहयोग पुर्‍याउनेछ।

दुर्घटनामा यात्रु र चालक दलसहित २४१ जनाको मृत्यु भएको थियो भने एकजना बाँच्न सफल भएका थिए । विमान उडेको केही सेकेन्डमै अहमदाबादको एक मेडिकल कलेजको भवनमा ठोक्किएको थियो जसका कारण जमिनमा पनि केहीको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?