+
+
Shares

आगामी आव ‘आन्तरिक रोजगारी सिर्जना वर्ष’ को रूपमा मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:५०
शरदसिंह भण्डारी/फाइल तस्वीर

१८ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ का सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक रोजगारी सिर्जनालाई अभियानका रूपमा मनाउन लागिएको बताए ।

उनले रोजगारीको दीर्घकालीन व्यवस्था नहुने बेलासम्म सबै गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले अल्पकालीन रोजगारी सिर्जनाको व्यवस्था मिलाइएको मन्त्री भण्डारीले बताए ।

मुलुकको रोजगारीमा विदेशी र विदेशको रोजगारीमा नेपाली जाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

उनले हालै सरकारले यूएईमा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको समेत जानकारी दिए ।

हरेक दुई वर्षमा न्यूनतम ज्यालादर तोक्ने गरिएकोमा मन्त्रालयले अहिले छलफल गरिरहेको समेत उनले बताए ।

नेपालले थप १३ युरोपेली मुलुकसँग श्रम समझदारी गर्न प्रस्ताव गरेको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?