+
+
Shares

‘नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढे’

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अहिले नयाँ गन्त्वय खोजेर हिंड्ने पर्यटन धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १४:२२
Photo Credit : News Agency Nepal

१८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरू बढ्दै गएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अहिले नयाँ गन्त्वय खोजेर हिंड्ने पर्यटन धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको जिकिर गरे ।

‘अहिले नयाँ गन्तव्य खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यही प्रवृत्तिलाई हामीले समाउनुपर्छ,’ उनले भने ।

उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्यधिक बढिरहेकाले यही प्रवृत्तिलाई समातेर बोर्डले आफ्ना कामहरू गरिरहेको जानकारी दिए ।

जोशीले पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताए । ‘प्रविधिको अनुकूलन बढाउनुपर्नेछ । केही होटलहरू आए पनि गुणस्तर बढाउनुपर्नेछ,’ उनले भने ।

जोशीले हिमाल, धार्मिक क्षेत्रहरूमा पर्यटन प्रवर्द्धनमा जोड दिनेगरी योजनाहरू अघि बढाइरहेको बताए ।

२०२५ को पहिलो ६ महिनामा ५ लाख पर्यटक नेपाल भित्रिए

सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् ।

जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार ४४९, बेलायतबाट २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३८४, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ पर्यटक नेपाल भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२४ को जुन महिनामा ७६ हजार ३३३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटकले नेपाल भित्रिएका थिए ।

सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए । र कोरोना महामारीको सुरु हुनुभन्दा अघि सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ७३ हजार ६५८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारोन्मुख भएको बताए ।

उनले भने, ‘अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौं । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्‍वास छ।’

सीईओ जोशीले विश्वकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका हाम्रा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न बोर्ड रणनीतिक ढंगले अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?