+
+
Shares

स्क्विड गेम सिजन ३ ले नेटफ्लिक्सको रेकर्ड तोड्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १७:३८

कोरियाली ड्रामा ‘स्क्विड गेम’ सिजन ३ ले आफ्नो रिलिजको पहिलो तीन दिनमा नेटफ्लिक्समा रेकर्ड तोडेको छ । यो सिजनले ६०.१ मिलियन (६ करोड १ लाख) भ्यूज प्राप्त गरेको छ, जसले यसलाई नेटफ्लिक्सको इतिहासमा गैरअंग्रेजी भाषाको सबैभन्दा धेरै हेरिएको शो को सूचीमा नवौं स्थानमा पुर्‍याएको छ ।

यो सिजनले विश्वका ९३ देशहरूमा नेटफ्लिक्सको टप १० चार्टमा पहिलो स्थान हासिल गरेको छ, जुन नेटफ्लिक्सको कुनै पनि श्रृंखलाका लागि पहिलो पटक हो ।

स्क्विड गेम सिजन ३ को अन्तिम सिजन २७ जुनमा रिलिज भएको थियो । यो सिजनले विश्वभरका दर्शकहरूलाई आकर्षित गरेको छ, विशेषगरी यसको रोमाञ्चक कथावस्तु र पात्रहरूको मृत्युले दर्शकहरूमा ठूलो प्रभाव पारेको छ ।

नेटफ्लिक्सले स्क्विड गेमलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू गरेको छः

न्यूयोर्क, लन्डन, म्याड्रिड, सिड्नी र सियोल मा ‘स्क्विड गेमः द एक्सपेरियन्स’ नामक फ्यान इभेन्टहरू आयोजना गरिएको छ, जसमा ५ लाखभन्दा बढी दर्शकहरू सहभागी हुने अनुमान गरिएको छ ।

मेक्सिको, मलेसिया, जर्मनी, थाइल्याण्ड, ताइवान, र अष्ट्रेलिया जस्ता देशहरूमा सिजन ३ को प्रचारका लागि पप–अप इभेन्टहरू आयोजना गरिनेछ ।

‘स्क्विड गेम  अनलिस्ड’ नामक मोबाइल गेम १०७ देशहरूमा नम्बर १ फ्री एक्सन गेम बनेको छ ।

नेटफ्लिक्सले क्रक्स, प्यूमा, जोनी वाकर, डोमिनोज जस्ता १०० भन्दा बढी ब्रान्डहरूसँग सिजन २ को मर्चन्डाइजका लागि साझेदारी गरेको छ ।

कथावस्तु र दर्शकको प्रतिक्रिया

सिजन ३ मा गी–हुन को कथालाई निरन्तरता दिइएको छ, जहाँ उनले खेलको सत्य बाहिर ल्याउने र यसलाई अन्त्य गर्ने प्रयास गर्छन् । तर, यो सिजनको अन्त्य निकै निराशाजनक भएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया दिएका छन् ।

खासगरी, केही प्रिय पात्रहरूको मृत्यु र खेलको निरन्तरताले दर्शकहरू भावुक र रिसाएका छन् । यद्यपि, यसको रोमाञ्चक कथावस्तु र उत्कृष्ट प्रस्तुतिले विश्वभरका दर्शकहरूलाई बाँधिराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?