+
एसीसी यू-१६ इस्ट जोन कप :

मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

२०८२ असार  १९ गते ११:४४ २०८२ असार १९ गते ११:४४
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले असार १९ मा काठमाडौंमा भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गर्यो।
  • परिमार्जन यादवले अविजित ५९ रन बनाउँदै नेपाललाई जित सुनिश्चित गरे, मलेसियाले ९० रन बनाएको थियो।
  • नेपालले हङकङ र सिंगापुरबीचको विजेतासँग फाइनल खेल्नेछ।

१९ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया  नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए ।

नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

एसीसी यू-१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय