
१९ असार, काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले २२ असारदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आईएमई समुन्नत योजना २’ को इकाइ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।
यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रिनसुओ अप्सन’ सहित व्यवस्था गरिएको छ ।
यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनमा लगानी गरी सन्तुलित रूपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राख्दछ ।
योजना पूर्णरूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।
समुन्नत योजना २ का विशेषता
योजनाको प्रकार : बन्दमुखी योजना
फन्ड नाम : ग्लोबल आईएमई म्युचुअल फन्ड
योजना नाम : ग्लोबल आईएमई समुन्नत योजना २
कोष आकार : प्रारम्भिक १ अर्ब २० करोड (अत्यधिक माग भए १ अर्ब ५० करोडसम्म)
प्रतिइकाइ मूल्य : १० रुपैयाँ
सर्वसाधारणमा निष्कासन गरिने इकाइ : १२ करोड इकाइ
न्यूनतम लगानी : १०० इकाइ
अधिकतम लगानी : योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाइ
योजना अवधि : इकाइ बाँडफाँट मिति देखि १० वर्ष
लाभांश नीति : प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
सूचीकरण : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीबद्ध
प्रारम्भिक लगानी : १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
व्यवस्थापन शुल्क : नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्क : नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत
लगानी मिश्रण
इक्विटी/इक्विटी सम्बन्धी साधनहरू : ७०–९० प्रतिशत (उच्च जोखिम)
ऋणपत्र : निश्चित आम्दानी साधनहरू : ०–१० प्रतिशत (मध्यम जोखिम)
फिक्स्ड डिपोजिट : ०–१० प्रतिशत (न्यून जोखिम)
नगद/आईपीओ/अन्य म्युचुअल फन्ड : ०–१० प्रतिशत (न्यून जोखिम)
लगानी गर्नुपर्ने कारण
व्यावसायिक व्यवस्थापन
विविधीकरण
सहजता र पहुँच
सस्तो लगानी
पारदर्शिता
कर छुट
लगानीकर्ता संरक्षण
लगानी प्रतिफल
आईएमई क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाइधनीले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण छ । क्यापिटलले यस योजनाका इकाइधनीलाई पहिलो ९ वर्षसम्म ८ देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आईएमई म्युचुअल फन्ड अन्तर्गत हाल २ योजना सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १ सय ४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनः खरिद प्रतिफल दिएको छ । त्यस्तै १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड हो । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आईएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व छ ।
यस योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया 4