१९ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिका–१ मा रहेको गोङ्गर खोलामा खोलामा लेदोसहितको बाढी आएको छ ।
बिहीबार दिउँसो परेको वर्षापछि गोङ्गर खोलामा बाढी आएको हो ।
बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले तामाकोशी आसपास बसोबास गर्ने सम्पुर्णलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञान बहादुर महतोका अनुसार, अहिलेसम्म त्यस्तो कुनै मानवीय क्षति भएको छ ।
‘बाढी बढेर आएपछि हामीले सो क्षेत्रका स्थानीयलाई सतर्क भने गराएका छौं,’ डीएसपी महतोले जानकारी दिए ।
गोङ्गर खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएर लेदोसहितको बाढी आएको हुनसक्ने स्थानीयले बताएका छन् ।
प्रतिक्रिया 4