
१९ असार, विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान र अनुसन्धानमा सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।
बिहीबार काठमाडौंमा भएको समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी र त्रिभुवन तथा विश्वविद्यालयबाट प्रा.डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् ।
यो समझदारीले विद्यार्थीलाई इन्टर्नसीप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमणलगायत व्यावहारिक ज्ञानका लागि मोरङ उद्योग वाणिज्य संघले सहयोग गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4