+
+
Shares

पर्यटनमन्त्रीको गुनासो : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १२:०४

२० असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताए ।

‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि भनेजस्तो समर्पित भएर काम नगर्ने,’ उनले भने, ‘कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’

सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे । तर सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको उनको आरोप थियो ।

सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ । ‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ,’ उनले भने ।

उनले थपे, ‘जस्तो हाम्रो यहीँ त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ९५ लाख यात्रुहरू लगभग ओहोरदोहोर भए । ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले आफ्नो मात्रै होइन, हिमालयनदेखि अधिकांशका गर्नुपर्छ ।’

मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको जानकारी दिए। आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?