+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हुम्लामा एउटै नागरिकता नम्बर दुई जनाको नाममा

०६८ साउन २३ गते जिल्ला प्रशासन कार्यालय हुम्लाबाट जारि गरिएको सिमकोट गाउँपालिका-१ दोजाम गाउँकी प्रेमा लामाको नागरिकता नम्बर ५९१००९/१३९ जारी छ। जन्ममिति २०५१/०४/०५ रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते २०:३१

२० असार, हुम्ला। जिल्ला प्रशासन कार्यालय हुम्लाबाट जारी गरिएको दुई छुट्टाछुट्टै व्यत्तिको नागरिकता एउटै नम्बर भएको फेला परेको छ।

साविक ठेहे गाउँ विकास समिति ठेहे-७ का प्रेमा लामा सोही वडा-९का निमा साङमु लामाको दुई व्यतिको नागरिकता नम्बर एउटै भेटिएको हो ।

०६८ साउन २३ गते जिल्ला प्रशासन कार्यालय हुम्लाबाट जारी गरिएको सिमकोट गाउँपालिका-१ दोजाम गाउँकी प्रेमा लामाको नागरिकता नम्बर ५९१००९/१३९ जारी छ। जन्ममिति २०५१/०४/०५ रहेको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको हस्ताक्षर रहेको छ। यस्तै सिमकोट गाउँपालिका-१ दोजाम कि निमा साङमु लामाको जन्ममिति २०४५/११/१० रहेको २०७० /०३/१३ गते जिल्ला प्रशासन हुम्लाबाट जारी नागरिकतामा ५९१००९/१३९ मिलेको छ। प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालको हस्ताक्षर रहेको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रथम प्रतिलिपी लिने क्रममा  आफ्नो  नागरिकतासँग ठ्याक्कै अरू नामको नागरिकताको नम्बर मिलेको प्रेमा लामाले बताइन्।  उनले भनिन्, ‘कसरी एउटै नागरिकता नम्बर दुई जनाको नाममा दिइयो। मैले प्रथम प्रतिलिपि लिने क्रममा यस्तो भेटाएपछि छक्कै परे ।’

जिल्ला प्रशासन कार्यालय हुम्लाले टोलीबाट दिइएको नागरिकता वितरणमा अधिकांश जन्ममिति छैन भने कसैको त हचुवाको भरमा नागरिकता नम्बर हालिउको भेटिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?