+
एएफसी महिला एसियन कप छनोट :

निर्णायक खेलमा उज्बेकिस्तानको सामना गर्दै नेपाल

२०८२ असार  २१ गते ८:४२ २०८२ असार २१ गते ८:४२
निर्णायक खेलमा उज्बेकिस्तानको सामना गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र उज्बेकिस्तान समूह एफको अन्तिम खेलमा भिड्दैछन्।
  • खेल राती सवा ९ बजे तास्केन्तस्थित मिल्ली स्टेडियममा हुनेछ।
  • यदि खेल बराबरीमा सकिएमा पेनाल्टी सुटआउट हुनेछ, किनभने दुवैको अंक र गोलअन्तर समान छ।

२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

यस खेलको विजेता नै समूह विजेता बन अर्को वर्षमा मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । त्यसैले दुवै टोलीलाई आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

आजको खेल किन पनि रोमाञ्चक स्थितिमा छ भने समूह चरणको खेल भएपनि यो खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । अहिलेसम्म दुवै टोलीले दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । त्यति मात्र होईन दुवैले समान १७ गोल गरेका छन् र गोल अन्तर पनि समान छ । दुवैले कुनै गोल खाएका छैनन् ।

त्यसैले यस्तो अवस्थामा अन्तिम खेलमा स्पष्ट जित आवश्यक हुनेछ । यदि यो खेल बराबरीमा सकिएमा खेल सिधै पेनाल्टी सुटआउटमा जानेछ । किनभने अंक र गोल अन्तर पनि बराबरी भएको अवस्थामा सम्बन्धित टिमबीचको अन्तिम खेल पनि बराबरीमा सकिएमा खेल पेनाल्टी सुटआउटमा पुग्ने प्रतियोगिताको नियमावलीमा उल्ल्ख छ ।

समूह चरणमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको थियो । उज्बेकिस्तानले श्रीलंकालाई १०-० र लाओसलाई ७-० ले पराजित गरेको थियो ।

आजको खेल नेपालले जितेमा २६ वर्षपछि महिला एसियन कपमा छनोट हुनेछ । नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो ।

यस्तै उज्बेकिस्तानले २००३ मा पछिल्लो पटक एसियन कप खेलेको थियो । फिफा महिला विश्वकप र ओलम्पिक फुटबलको समेत छनोट प्रकृया रहेकोले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ ।

एएफसी महिला एसियन कप छनोट नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय