
२१ असार, काठमाडौं । लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासनविद् उमेशप्रसाद मैनालीको संस्मरण ‘सुनेको शासन, भोगेको प्रशासन’ सार्वजनिक भएको छ ।
लेखक मैनालीले राणाकालदेखि प्रजातन्त्र स्थापना, पञ्चायत अनि त्यसपछिका कालखण्डको प्रशासनिक विकासक्रम अनि आफू निजामती सेवामा रहदा गरेका कामहरुको अनुभवहरुलाई समेटेर पुस्तक तयार पारेका हुन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुस्तक सार्वजनिक गरे ।
पूर्वसचिव मैनालीकी छोरी एवं परराष्ट्र मन्त्रालयकी सहसचिव इला मैनालीले आफ्नो बाबुले विभिन्न कालखण्डका अनुभवहरूलाई दस्तावेजीकरण गरेको बताइन् ।
पुस्तकलाई बुक हिल्स प्रकाशनले बजारमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4