+
+
Shares

राजनीति बिकृत भयो, हामी सङ्लो पार्ने प्रयासमा छौं : डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २१ गते १७:४४
फाइल फोटो

२१ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको उनको दाबी छ । भट्टराईले राजनीति सुधार भएपछि ऐन कानून र संविधानमा सुधार गर्न सकिने बताए ।

शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै उनले निजि क्षेत्रसँग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?