+
+
Shares

सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १०:०१

२२ असार, विराटनगर । सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को  मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो ।

इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए ।

उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल  इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?