News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै अग्रता लिएकी छिन्।
- प्रारम्भिक मतगणनाअनुसार गोमा तामाङले ४६१ मत ल्याएकी छिन् भने हर्कराज साम्पाङले १५४ मत पाएका छन्।
- धरान उपमहानगरपालिका १ को मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२२ फागुन, काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् ।
प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले १५४ लिएका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७, राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत ल्याएर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका १ को मतगणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4