+
+
Shares

भोजपुर सामूहिक हत्या प्रकरण : आरोपीलाई उपचारका लागि धरान लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १२:३६
घटनास्थल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेन्द्र राईलाई भोजपुरमा चार जनाको सामूहिक हत्या आरोप छ ।
  • उनले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, श्रीमती र १० वर्षीय सालाको हत्या गरेका हुन् ।
  • आरोपी राईले आफैं घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए र उनी पनि घाइते छन् ।

२२ असार, काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ ।

पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचार गर्न रेफर गरिएको छ’, भोजपुर प्रहरीका एक अधिकृतले भने, ‘त्यसअनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदैछौं ।’

शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा ६८ वर्षीय बेलबहादुर गिरी, सासू मन्जु गिरी, उनीहरुका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला परेको थियो । मृतक पक्राउ परेका राजेन्द्रका सासूससुरा, श्रीमती र साला हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, आरोपी राई आफैंले शनिबार राति सवा १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

त्यसपछि उनको खोजीमा अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हवल्दार नेतृत्वको टोली परिचालित भएको थियो ।

प्रहरीले राईलाई रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार, चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?