
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीको कला प्रदर्शनी सुरु भएको छ।
- उनले थारु समुदायको जीवन, संस्कृतिलाई चित्रण गरेका छन् र प्राचीन वंशको फैलावट देखाएका छन्।
- प्रदर्शनी असार २८ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौं । बौद्धस्थित तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीले तयार पारेका कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रले थारु समुदायका मानिसको दैनिक जीवन, रितिरिवाज र संस्कृतिलाई झल्काउँछ ।
थारुको प्राचिन वंश कसरी भारतको थार मरुभूमिदेखि नेपाल र एसियाभर फैलियो भन्ने चित्रण उनका कलामा पोतिएको छ । उनले कलामा पुर्खाको स्मृति र समुदायको पहिचान झल्काएका छन् ।
ग्यालरीमा चौधरीले खुला आकाशमुनि प्राचिन तरिकाले कृषिकर्म गरिरहेका दृश्य, थारु महिलाको शान्त र निर्णायक भूमिका, पुस्तान्तरण हुँदै आएका लोपोन्मुख कर्म दर्शाएका छन् ।
चौधरी काठमाडौँ विश्वविद्यालयबाट कला र प्रिन्टमेकिङमा स्नातक उत्तिर्ण हुन् । प्रिन्ट सम्बन्धी विभिन्न प्रयोगको पनि अन्वेषण गरिरहेका हुन्छन् । वुडकट, एचिङ, एक्वाटिन्टजस्ता माध्यममा उनका काम देख्न सकिन्छ ।
तारागाउँ नेक्स्टमा बसाइको अवधिभरि मनुले रातो रङ र छायाँमार्फत प्रिन्टको श्रृंखला तयार पारे । यी कृतिले थारु परम्परा र समुदायले सम्मान गर्ने देवतालाई झल्काउँछन् । उनका अरु चित्रमा जीवन्त रातो रङका घोडालाई दर्शाइएको छ, जसले थारु समुदायमा शक्ति, जीवन र गतिलाई प्रतिविम्बित गर्छ ।
तारागाउँ नेक्स्टले उदियमान कलाकारको कलालाई आफ्नो स्टुडियोमा स्थान दिएर सघाउँदै आएको छ । यसले नयाँ कलाकारलाई ऊर्जा प्रदान गर्ने म्युजियमका डाइरेक्टर रोशन मिश्र बताउँछन् । प्रदर्शनी असार २८ गते सम्म चल्नेछ ।
प्रतिक्रिया 4