
२२ असार, काठमाडौं । सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीको मदनपुरबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकमा जाँच गर्दा भन्सार छलेर ल्याइएको काजु फेला परेको प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए ।
परालको भुस लोड भएको ट्रकमा शंका लागेर जाँच गर्दा १५ लाख मूल्यबराबरको १० क्वीन्टल काजु फेला परेको प्रहरीले जनाएको छ ।
ट्रकसँगै प्रहरीले सर्लाहीको बरहथवा नगरपलिका– १३ बसवरीया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशीलाई नियन्त्रण अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया 4