+
+
Shares

विद्या भट्टराईको प्रश्न : शिक्षा विधेयकमा हामीले खोजेको के हो ?

प्रभाव र दबाबका कारण प्रणाली विकासमा सरोकारवाला बाधक बन्न नहुने उनले बताइन् । ‘प्रभाव र दबाव मात्रै राजनीति होइन, प्रभाव र दबाव भन्दै प्रणाली विकास गर्ने कुरामा सरोकारवाला बाधक बन्नु हुँदैन’, उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १६:११

२२ असार, काठमाडौं । नेकपा एमालेकी सांसद् विद्या भट्टराईले शिक्षा विधेयकमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

पूर्व शिक्षामन्त्री समेत रहेकी सांसद् भट्टराईले विधेयकमा गरिएका व्यवस्थाप्रति असन्तुष्टि पोखेकी हुन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिमा शिक्षा विधेयकमाथिको छलफलमा सांसद भट्टराईले प्रश्न गरिन्, ‘विधेयकमा हामीले खोजेको के हो ? हामीले शिक्षामा सुधार गर्न खाजेका छौं, अहिले जे गर्न खोजिएको छ, त्यसले सुधार हुन्छ ?’

छलफलमा सांसद्‌हरूले उठाएका माग ऐनका रूपमा कार्यान्वयन हुनेमा समेत उनले आशंका व्यक्त गरिन् ।

शिक्षामन्त्रीका रूपमा ९ महिना बिताएको स्मरण गर्दै भट्टराईले बढुवामा हुने आपारदर्शितालाई ऐनबाट अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

‘हामीले भनेको जस्ताको तस्तै हुनुपर्छ भन्ने कुराले ऐन पाउँछ कि पाउँदैन भन्ने प्रश्न उब्जिएको छ,’ समिति बैठकमा उनले भनिन् ।

पहुँचवाला शिक्षकहरूले मात्रै बढुवाको लाभ लिइरहेको बताउँदै भट्टराईले पहुँच नहुनेहरू पिल्सिनुपर्ने अवस्था रहेको बताइन् ।

‘जसको शक्तिशालीसँग पहुँच हुन्छ, उसले मात्रै सुविधा पाइरहेका छन्, सबैको लागि न्याय हुने कानुन बनाऔं,’ उनले भनिन् ।

प्रभाव र दबाबका कारण प्रणाली विकासमा सरोकारवाला बाधक बन्न नहुने उनले बताइन् ।

‘प्रभाव र दबाब मात्रै राजनीति होइन, प्रणाली विकास गर्ने कुरामा सरोकारवाला बाधक बन्नु हुँदैन,’ उनले भनिन् ।

विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा दिन सरोकारवाला जवाफदेही हुनुपर्ने उनको भनाइ छ । विधेयकका विषयमा उपसमितिको निर्णयअनुसार अघि बढ्नुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?