+
+
Shares

त्रिवि उपकुलपतिको प्रतिस्पर्धामा को-को ?

१२ जना प्रतिस्पर्धामा, तीन जनाको नाम सिफारिस गर्ने तयारी

उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदको लागि १२ जना उम्मेदवारको नाम सिफारिस समितिमा पुगेको छ।
  • सिफारिस समितिले तीन जना नाम चयन गर्न बाँकी रहेको र अन्तिम निर्णय गर्नुपर्ने बताइएको छ।
  • सिफारिस समितिको बैठक आइतबार साँझ बस्ने तयारी छ।

२२ असार, काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।

उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । १२ जनाको नाम आएको छ । १२ जनाको बायोडेटा पनि हेरिएको छ ।

सिफारिस समितिमा सूचिकरण भएको छ । ‘त्यसबाट तीन जनाको नाम सिफारिस गर्ने काम मात्र बाँकी छ,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘अन्तिम निर्णय बाँकी छ ।’ १२ जनाको नाम सिफारिस समितिमा पुगेपनि ५ जना प्राध्यापकबीच प्रतिस्पर्धा छ ।

स्रोतका अनुसार प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. खड्ग केसी, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेतीबीच प्रतिस्पर्धा छ । उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त गर्न लागिएको हो ।

४ वर्षको कार्यकालमा १३ महिनामै बरालले राजीनामा दिएका थिए । २८ चैतमा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बरालको राजीनामा स्वीकृत गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले २ वैशाखमा उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका थिए ।

उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधान छ । सोही अनुसार शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । र, तीन महिनाको समय सकिन लागेकाले सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

नाम सिफारिस गर्न सिफारिस समितिको बैठक आइतबार साँझ बस्ने तयारी छ । ‘आज सिफारिस समितिको बैठक छ, तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?