+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • 'मिसेस नेपाल वर्ल्ड २०२५' को आवेदन खुला भएको छ र ग्रान्ड फिनाले असोज २८ मा आयोजना हुनेछ।
  • प्रतियोगितामा उचाइ र तौलको मापदण्ड छैन र आवेदन फारम अनलाइन भर्न सकिन्छ।
  • विभिन्न महिला समूहले सहभागी हुन सक्ने र विजेताले अमेरिका हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले यसबारे जानकारी दियो ।

ग्रान्ड फिनाले असोज २८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको छ । पहिलो चरणको अडिसन साउन १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने र त्यहाँ छनोट हुनेलाई फिनालेसम्मको यात्रा तय गराइने भएको छ ।

प्रतियोगितामा सहभागी हुन उचाइ र तौलको मापदण्ड छैन । न्यूनतम शिक्षा एसएलसी उत्तिर्ण हुनुपर्ने प्रावधान छ । विवाहित मात्र नभई सम्बन्धविच्छेद तथा एकल महिलाले पनि आवेदन दिन सक्नेछन् ।

आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ । वृहत र व्यवस्थित ढंगले कार्यक्रम आयोजना गरिने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए ।

मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिने भएको छ । मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिका हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले विभिन्न पेशामा रहेका महिलाको लागि आफ्नो सौन्दर्य कलासँगै क्षमता प्रस्तुत गर्नको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण भएको बताए । गत वर्षबाटै आफू यो प्रतियोगितामा जोडिएको र यसले महिलाको व्यक्तित्व विकासमा सहयोग पुर्‍याएको पनि घिमिरेले बताए ।

‘एमएस नेपाल इन्टरनेसनल २०२३’ की बिजेता सीता सुवेदी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकाले उनको उपचारको लागि कलाकार घिमिरेले सो कार्यक्रममा आर्थिक सहयोग पनि प्रदान गरे । पत्रकार भेटघाटमा अभिनेत्री दीपिका प्रसाईँले यो प्रतियोगिता विवाहित महिलाको लागि ठूलो प्रतियोगिता भएको बताइन् ।

वर्ष २०२४ की विजेता डेनिला कार्कीले उपाधि जितेपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको बताइन् । मिसेस वर्ल्डमा भाग लिन आफू अमेरिका जाने तयारीमा रहेको उनले जनाइन् ।

अफिसियल कोरियोग्राफरको रूपमा आश्विनीकान्त झा छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन अमेरिका भ्रमण गरेर त्यहाँका नेपाली समुदाय र संस्थासँग समन्वय गरेर तयारी गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?