+
+
Shares

दोलखाको झाँक्रे खोला जलविद्युत परियोजनामा पहिरो, टर्बाइनमा क्षति

खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असार २३ गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिरोले दोलखाको जिरी नगरपालिका वडानम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ।
  • जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले भने, ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ।’
  • खिम्ती ग्रामीण विद्युत सहकारी संस्था स्काभेटर प्रयोग गरी पहिरो हटाउने काम गरिरहेको छ।

२३ असार, काभ्रेपलाञ्चोक । वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ ।

६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ’ महतोले भने ।

खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

खिम्ती १ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका वासिन्दालाई विद्युतीकरण गर्नका लागि ६३५ किलोवाटको झाँक्रे जलविद्युत परियोजना निर्माण गरेको थियो ।

सो परियोजनाको पावर प्लान्टमा समस्या आएपछि गत फागुनदेखि नै उत्पादन बन्द थियो । उपकरणमा समस्या आएर विद्युत उत्पादन बन्द भएकै बेला पहिरोले समेत पावर प्लान्टमा क्षति पुर्याएको हो ।

झाँक्रे खोला जलविद्युत् परियोजनाको विद्युत बन्द भएपछि केआरईसीले ४०० किलोवाटको हलुवा खोलाबाट उत्पादित बिजुली वितरण गरिरहेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?