+
+
Shares

आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले सांसद साह

उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद किरणकुमार साहले न्यायाधीशद्वयलाई महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताए।
  • यदि यस्तो कदम नलिइए भने गठबन्धन सरकारले आलमलाई उपहारस्वरूप सफाइ दिएको सन्देश जाने उनको भनाइ थियो।

२३ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

जिउँदै इँटाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।

उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन् ।

‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ सांसद साहले भनेका छन् ।

यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जाने पनि उनको भनाइ थियो ।

जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको सांसद साहको भनाइ छ ।

‘यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीका लागि गम्भीर अपमान हो,’ उनले भने ।

त्यस्तै, राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?