+
+
Shares

नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार, ५ हजार सुधार केन्द्रमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १८:४३
फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा करिब १ लाख ३० हजार लागुऔषध प्रयोगकर्ता छन्, तर उपचार सेवाको पहुँच सीमित छ।
  • गृह मन्त्रालयका अनुसार ३३० सुधार केन्द्रमा ५ हजार प्रयोगकर्ताछन्, बाँकी समाजमै छन्।

काठमाडौं । सरकारी तथ्यांक अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या करिब १ लाख ३० हजार पुगेको छ । तर उपचार सेवाको पहुँच भने अत्यन्तै सीमित देखिन्छ।

कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको सामुदायिक विद्यालयका शिक्षकलाई लागुऔषध विरुद्ध क्षमता अभिवृद्धि तालिममा यसबारे जानकारी दिइएको हो ।

गृह मन्त्रालयको तथ्यांकअनुसार देशभर ३३० वटा सुधार केन्द्रहरू छन् । उक्त सुधार केन्द्रमा ५ हजार जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । बाँकी १ लाख २५ हजार व्यक्ति भने उपचार दायराबाहिर समाजमै रहेका छन् ।

कार्यक्रमका प्रशिक्षक मानसिक रोग विशेषज्ञ डा. सगुन बल्लभ मल्लले लागुऔषध प्रयोगकर्तालाई समाजमा फर्काउनुपर्ने बताए ।

‘१ लाख २५ हजार कहाँ छन् ? ती सबै व्यक्ति हाम्रो वरिपरि समाजमै छन्’ डा.मल्लले भने, ‘हामीले उनीहरूप्रति आँखा चिम्लिने होइन, समाजमा फर्काउने अभियानमा लाग्नुपर्छ।’

सुधार केन्द्रहरू संख्या धेरै भए पनि आवश्यक मापदण्ड, दक्षता र मानसिक स्वास्थ्य सेवाको अभावले गर्दा धेरैले प्रभावकारी उपचार नपाएको मल्लको भनाइ छ । ‘धेरै सुधार केन्द्र उपचार होइन, व्यवसाय बनेका छन्’ डा. मल्लले भने ।

उनका अनुसार हालका वर्षहरूमा गाँजा, अफिन र सुईमार्फत प्रयोग गरिने लागुऔषधप्रति युवाको आकर्षण बढ्दो छ । गाँजालाई प्राकृतिक र हानिरहित मान्ने भ्रमले झनै समस्या थपिएको उनको भनाइ छ। डा. मल्लले भन्छन्, ‘गाँजाले गम्भीर मानसिक समस्या निम्त्याउन सक्छ, भ्रम छरिएको छ, जोखिम बुझिएको छैन ।’

विज्ञहरूका अनुसार अहिलेको सरकारी तथ्यांकमा सूर्तीजन्य र रक्सिजन्य पदार्थ प्रयोगकर्तालाई समावेश गरिएको छैन । यदि ती पनि गणना गरियो भने नेपालमा दुर्व्यसनको अवस्था अझ भयावह हुने निश्चित छ।

तालिमको उद्देश्य विद्यालयमै लागु औषधविरुद्धको सचेतना फैलाउने रहेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

लागुऔषध नियन्त्रणमा अब राज्य, विद्यालय, स्वास्थ्य संस्था र समुदायको समन्वयमा साझा अभियान आवश्यक भएको छ डा. मल्लले बताए ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजन केसीले कीर्तिपुर नगरपालिकालाई लागु औषधमुक्त क्षेत्र बनाउन शिक्षकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । यसले आगामी दिनमा कीर्तिपुरलाई लागु औषधमुक्त क्षेत्र घोषणा गर्न महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

विद्यालय स्तरमै अभिभावक र विद्यार्थीलाई लक्षित गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा केसीले जोड दिए।

गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाको सहयोगमा कीर्तिपुर नगरपालिकाले तालिमको आयोजना गरेको हो । तालिममातालिममा रिचमण्ड फेलोशिप नेपालको सहकार्य रहेको थियो।

आइतबार र सोमबार चलेको तालिममा विद्यालयमा सामाजिक शिक्षा अध्यापन गराउने ३६ जना शिक्षक सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?