
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्जिता बरालले डिजाइन गरेको बेहुली पहिरनमा मिस पबिले ‘ब्राइडल रनवे’मा पहिलोपटक मोडलिङ गरिन्।
- उनले ‘माग्ने राजा’ फिल्म र ‘कमेडी दरबार’ टिभी शोमा काम गरिरहेकी छन्।
- उनी आकर्षक देखिएकी थिइन् र आफ्नो अनुभव उत्साहजनक रहेको बताइन्।
काठमाडौं । कलाकार तथा मोडल मिस पबिले रनवे डेब्यु गरेकी छन् । केही दिनअघि आयोजित ‘ब्राइडल रनवे’मा उनी शो स्टपरको रुपमा देखिइन् ।
सञ्जिता बरालले डिजाइन गरेको बेहुली पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । पहिलोपटक रनवेमा सहभागिता जनाएकी उनले आफ्नो रनवे डेब्यु अनुभव उत्साहजनक रहेको बताइन् ।
गाढा मरुन रङको मखमली लेहेंगा चोलीमा मिस पबी दुलहीको लुकमा आकर्षक देखिएकी थिइन् । चाँदीको कडाइ गरिएको उक्त लेहेंगा अझै सुन्दर देखिएको थियो ।
आधा बाहुला भएको ब्लाउजमा फ्लोरेल र प्यास्ली प्यार्टन लुक्स दिइएको थियो जसले समृद्ध र परम्परागत सौन्दर्य दर्शाउँछ । ब्राइडल ज्वेलरीले थप सुन्दरता थपेको छ । उक्त रनवेमा अन्य मोडलले पनि ब्राइडल डिजाइन प्रस्तुत गरेका थिए ।
कामको कुरा गर्दा, मिस पविको डेब्यु फिल्म ‘माग्ने राजा’ तीजमा प्रदर्शन तयारीमा छ । उनी टिभी शो ‘कमेडी दरबार’मा पनि ब्यस्त छिन् ।
प्रतिक्रिया 4