+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ११:०४

२४ असारकाठमाडौं । उदयपुरको चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टरु) बबिन राईले जानकारी दिए ।

उनले भने, ‘त्रियुगाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता युवक मृत भेटिएको छ । हिजोदेखि खोजी कार्य जारी राखेका थियौं।

उनका अनुसार सशस्त्र प्रहरीको टोलीले भत्किएको पुलबाट उनको शव निकालेको छ । शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ ।

सोमबार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर, सुरज माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?