+
+
Shares

मुकुन भुसाल अभिनित र्‍याप गीतमा गणतन्त्रलाई प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • र्‍यापर मनोज ओलीले नयाँ गीतमा नेपाली समाजको यथार्थ चित्रण गरेका छन्।
  • गीतले तन्त्र र वादको प्रभावमा धनी र गरिबको अन्तर देखाएको छ।
  • भिडियोमा मुुकुन भुुसाललगायत कलाकारको अभिनय र निकेश खड्काको निर्देशन छ।

काठमाडौं । र्‍यापर मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । गीतमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ ।

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा सुन्न सकिन्छ ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ ।

अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्‍यापले चित्रण गरेको छ ।

भिडयोमा मुुकुन भुुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?