+
+
Shares

संसदमा प्रतिमा गौतमको प्रश्न : जापान जाने प्रशिक्षार्थीका लागि अनधिकृत भाषा परीक्षा किन ?

संसद बैठकमा गौतमले ‘जान’ नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेट गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद प्रतिमा गौतमले जापानको भिसा प्राप्त नेपाली कामदारहरूलाई अनावश्यक भाषा परीक्षा दिन बाध्य पारिएको बताइन्।
  • उनीहरूले विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेट र सरकारको ध्यानाकर्षण गराएको विषयमा सुधार नआएको बताए।
  • गौतमले युवाहरूको आत्मबल कमजोर बनाइएको र सरकारको चुप्पी निन्दनीय भएको टिप्पणी गरे।

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले जापानको भिसा प्राप्त गरेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको बताएकी छन् ।

संसद बैठकमा गौतमले ‘जान’ नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेट गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन,’ गौतमले भनिन,‘त्यसैले अहिले आएर अधिकारवादीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन। जहाँ कारण देखाउ आदेश जारी भइसकेको छ र असार १६ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइएको छ ।’

भाषा पास गरेर सीओई पाइसकेकालाई अनावश्यक परीक्षा दिन बाध्य पारिएको उनले बताइन् । गौतमले भनिन्,‘ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन् । उनीहरूको आत्मबल कमजोर बनाइएको छ । हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?