+
+
Shares

‘माग्ने राजा’को गीत ‘त्यो मीठो जोवन’मा माग्ने बुढा र वर्षाको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मीठो जोवन’ मंगलबार सार्वजनिक भयो।
  • निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किएका हुन्।
  • फिल्ममा केदार घिमिरे र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन्।

काठमाडौं । हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक डान्सिङ नम्बर ‘त्यो मीठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यमप्रसाद वली प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । नरेन्द्र मैनालीले खिचेको फिल्मलाई मधुसुदन शर्माले निर्माण गरेका हुन् ।

यो फिल्मबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी ‘मिस पबी’को अभिनय छ । अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य तिमल्सेनाको पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?