+
+
Shares

मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १३:५८

२५ असार, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् ।

बुधबार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधीक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ ।

नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेको उनले बताए ।

‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेरै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुनछ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस्,’ पुनले भने, ‘विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ ।  मौद्रिक नीतिले  नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

उनका अनुसार मौद्रिक नीतिले सरकारका नीतिहरूलाई सर्पोर्ट गर्नुपर्छ । मुद्रास्फीति कम तर मजदुर गृहणीले महसुस गर्न नपाएको अवस्था छ अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।

मौद्रिक नीति खुकुलो सन्तुलित समग्र अर्थतन्त्रलाई चलायमन गर्ने खालको आउनुपर्ने उनले बताए । उनका अनुसार संघीयतामा मुलुक गएपनि हाम्रा वित्तीय संस्था अझै सोही अनुकुलका हुन सकेनन् ।

त्यसतर्फ समेत ध्यान आगामी मौद्रिक नीतिले दिन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?