+
+
Shares

‘भाइटीका’को शीर्ष भूमिकामा रेखा, विपिनकी बहिनीको रोलमा देखिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापा ‘भाइटीका’ फिल्मको शीर्ष भूमिकामा अनुबन्धित भएकी छन्।
  • फिल्मको कथा दाजुबहिनीको मर्मस्पर्शी कथामा आधारित छ र २०८२ मा छायांकन हुनेछ।
  • निर्देशक दीपक वली र पटकथा महेश दवाडीले तयार पार्ने यो फिल्म २०८३ को तिहारमा प्रदर्शन हुने अपेक्षा छ।

काठमाडौं । रोहित अधिकारीको आगामी फिल्म ‘भाइटीका’को शीर्ष भूमिकामा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । निकट स्रोतका अनुसार निर्माता र रेखाबीच बुधबार लिखित सम्झौता भएको छ ।

यसअघि यो फिल्मको शीर्षमध्येको भूमिकामा अभिनेता विपिन कार्की पनि अनुबन्धित भैसकेका छन् । दाजुबहिनीको मर्मस्पर्शी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।

रेखा पछिल्लोपटक लिड रोलमा आफ्नो होमप्रोडक्सन फिल्म ‘उपहार’मा देखिएकी थिइन् भने यसैमहिनाको उनको शीर्ष अभिनय रहेको नाटक ‘मीरा’ मञ्चन भैसकेको छ ।

फिल्म ‘भाइटीका’मा रेखाले विपिनकी बहिनीको भूमिकामा अभिनय गर्ने भएपछि यो चरित्रमा रुपान्तरणका लागि उनले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने हुन्छ । २० वर्षदेखि दाजु र बहिनीले तिहारमा भाइटीका लगाउन नपाउँदाको मर्मस्पर्शी कथामा फिल्म बन्नेछ ।

दीपक वलीले निर्देशन गर्ने यो फिल्मको पटकथा महेश दवाडीको हुनेछ । २०८२ सालमा छायांकन हुने फिल्मको प्रदर्शन २०८३ सालको तिहार छेकोमा हुने अपेक्षा छ ।

निर्माता अधिकारीको पछिल्लो फिल्म ‘माइतीघर’ दशैंको फूलपातीमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?