+
+
Shares

विलासिता कर खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनचाँदी व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
  • उनीहरूले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न पनि माग गरेका छन्।

२६ असार, काठमाडौ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरू आज पनि आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा व्यवसायीहरूले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो’, ‘सुन तथा सुनका गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘सुनको भन्सार दर ६ प्रतिशत कायम गर’ लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?