
News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आह्वानमा काठमाडौंमा श्रमिक संघ-संगठनहरूले न्यूनतम पारिश्रमिक वृद्धि गर्न विरोध प्रदर्शन गरेका छन्।
- महासंघले ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न र श्रम कानुन व्यवहारमा लागु गर्न माग गरेको छ।
- जेटीयूसीसीका अध्यक्ष जगत सिम्खडाले संविधान प्रदत्त श्रम ऐनको दफा ११ अनुसार प्रत्येक दुई वर्षमा तलव भत्ता वृद्धि हुनुपर्ने भए पनि अहिलेसम्म नहुँदा देशभरि आन्दोलन भएको बताए।
२६ असार, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को आह्वानमा श्रमिक संघ-संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको रत्नपार्कमा श्रमिक संघ-संगठनहरूले न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
महासंघले श्रम कानुनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमिक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न, श्रम कानुन कागजमा नभई व्यवहारमा लागु गर्न, सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
जेटीयूसीसीका अध्यक्ष जगत सिम्खडाले संविधान प्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमिकको प्रत्येक दुई वर्षमा तलव भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताए ।
आज सात प्रदेश र देशभरिका मुख्य औद्योगिक शहरमा आन्दोलन गरेको उनले बताए । संविधानमा श्रम ऐन लचकताको नाममा श्रमिक विरोधी काम गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4