
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- हरियो धनियाँको औसत थोक मूल्य शुक्रबार प्रतिकिलो ७५ रुपैयाँले बढेर ३०० रुपैयाँ पुगेको छ।
- असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ७५ रुपैयाँ बढेको छ ।
बिहीबार हरियो धनियाँ प्रतिकिलो २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4