+
+
Shares

युवा र महिला उद्यमशीलतालाई सरकारले उच्च महत्व दिएको छ: प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्ने बताएका छन्।
  • महिला सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गरिएको उनको भनाइ छ।
  • महिला उद्यमी महासंघले ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र युएई दूतावासका प्रतिनिधिहरू सहभागी छन्।

२७ असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्ने बताएका छन्।

महिला उद्यमी महासंघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताए।

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्वका साथ हेरेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको जिकिर गरे। त्यसैका लागि तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको उनको भनाइ छ।

सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स, युएई दूतावासका प्रतिष्ठित प्रतिनिधि र नेताहरूको सहभागिता रहेको महिला उद्यमी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?