
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बोलाएको छ।
- नलाई \'श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएको प्रहरीको भनाइ छ।
- प्रहरी अधिकारीहरुले पाठकलाई \'श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने\' विषयमा पनि सोधिएको बताएका छन्।
२७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले उनलाई बोलाइएको अनलाइनखबरसँग पुष्टि गरे ।
‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएका हौं’, उनले भने ।
‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे सोधिएको अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4