
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि 'भ्वाइस किड्स'मा ब्याटल राउण्ड सुरु हुँदैछ जसमा चार कोचका टिमबाट ४८ जना प्रतिस्पर्धी ३/३ जनाको समूहमा बाँडिनेछन्।
- प्रत्येक ब्याटल समूहबाट एक जना मात्र अर्को चरणमा जानेछन् र कोचहरूले अन्य टिमका दुई जना प्रतिस्पर्धीलाई 'स्टिल' गरेर आफ्नो टिममा ल्याउन सक्नेछन्।
- अन्ततः हरेक टिमबाट ६ जना प्रतिभा 'लाइभ शो'मा प्रवेश गर्नेछन् र कार्यक्रम हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ।
काठमाडौं । शुक्रबारदेखि ‘भ्वाइस किड्स’मा ब्याटल राउण्ड सुरु हुँदैछ । ब्लाइन्ड अडिसन गत सप्ताहन्तमा सकिएसँगै चारैजना कोचले आ-आफ्नो ड्रीम टिम तयार गरिसकेका छन् ।
एक कोचको समूहमा १२ जना गरि ‘ब्याटल राउण्ड’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डमा १२ जना प्रतियोगीलाई ३/३ जनाको समूहमा बाँडेर ब्याटल प्रतिस्पर्धा गराइने भएको छ ।
तीमध्ये एकजनाले मात्र अर्को चरणमा जाने अवसर पाउनेछ भने दुई जना बाहिरिनेछन् । ब्याटलपछि हरेक टिममा ४ जना मात्र बाँकी रहनेछन् ।
प्रत्येक कोचले अन्य टिमका २ जना प्रतिस्पर्धीलाई ‘स्टिल’ गरेर आफ्नो टिममा ल्याउन सक्नेछन् । यसरी अन्ततः हरेक टिमबाट ६ जना प्रतिभा ‘लाइभ शो’ मा प्रवेश गर्नेछन् ।
‘ब्याटल राउन्ड’मा कुन कोचको टिममा को ?
टिम सत्यराज आचार्य
अविनाश तामाङ, आदित्य राई, एलिसा शर्मा, एलिया अधिकारी, अपूर्व आचार्य, दिक्षिता मिश्र, दिउजा रुवाली, किरण सुनार, प्रज्वल पौडेल, रिदम खड्का, संगीत मानंदर, समयान बजगाईं ।
टिम मिलन नेवार
अनुष्का पाण्डे, एलिन राई, आयश्री लकान्दरी, आशिष कोइराला, सुज्ञान खनाल, सुवास गोतामे, श्रीजय महत, प्रियांश सापकोटा, मुन्सा राई, मिसन विक, निश्चल लिम्बु, ज्यास्मी तामाङ ।
टिम मेलिना राई
दावा यनग्चेन लामा, लिरिक राज्यलक्ष्मी, नरेन लोय क्षेत्री, नुसानी राई, सन्ध्या भट्टराई, श्रीयान रसाइली, सोनाम श्रेष्ठ, सोनाली राजभण्डारी, सैमा राई, प्रशान्त सुनार, रोशना विष्ट, प्रज्ञा डोल्मा तामाङ ।
टिम खेम सेन्चुरी
आदर्श धिताल, एलिसा बास्तोला, अन्जलबाबु कटेल, अर्पण विश्वकर्मा, अभय दवाडी, हेमन्त सुनार, धर्मराज दुलाल, महल्सा श्रेष्ठ, सोहन बराइली, निर्देशिका अक्षामे, सिर्पा खड्गी, स्वोर्निम लिम्बु ।
‘भ्वाइस किड्स’ हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुदै आएको छ ।
प्रतिक्रिया 4