+
+
Shares

‘जदौ’मा मुकुन, नीति र ऋचापछि जोडिए विनोद

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विनोद न्यौपाने फिल्म 'जदौ'मा रमाइलो पात्रको रुपमा अनुबन्धित भएका छन्।
  • फिल्म 'जदौ' काजी लिम्बुको लेखनमा तयार हुँदैछ र सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट तथा समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछन्।
  • फिल्मको छायांकन भदौ पहिलो साताबाट दाङ र प्युठानका विभिन्न स्थानमा सुरु हुनेछ र बाबुल गिरीले संगीत दिएका छन्।

काठमाडौं । फिल्म ‘जदौ’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भैसकेका छन् ।

अभिनेता न्यौपानेले यो फिल्ममा आफू रमाइलो पात्रको रुपमा जोडिएको बताए । जस्तोसुकै भूमिकामा पनि आफूलाई अब्बलताको साथमा प्रस्तुत गर्न सक्ने क्षमताका विनोद पछिल्लो समय रुचाइएका कलाकार हुन् ।

काजी लिम्बुको लेखन रहेको फिल्मलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछन् । सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

निर्माण कम्पनी सिल्भर स्क्रीनकी प्रवन्ध निर्देशक विमला भण्डारीले निर्देशक र बाँकी प्रमुख कलाकार, प्राविधिकबारे केही दिनमा खुलस्त पारिने जानकारी दिए ।

दाङ र प्युठानका विभिन्न स्थानमा खिचीने फिल्ममा बाबुल गिरीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?