
२८ असार, हुम्ला । सिमकोट विमानस्थल चलायमान भएको छ । शुत्रबारमात्रै विमानस्थलमा १६४ उडान-अवतरण भएको छ ।
कोरोना महामारीपछि सुनसानजस्तै देखिने विमानस्थलमा शुत्रबार मात्रै १६४ फ्लाइट मुभमेन्ट भएको सिमकोट नागरिक उडडयन कार्यालय हुम्लाले जनाएको छ ।
नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ र सिमकोट विमानस्थलबाट हिल्सा नाकामा हेलिकप्टरको ५० फ्लाइट टेकअप र ल्यान्डिङ गरी १६४ फ्लाइट मुभमेन्ट भएको सिमकोट नागरिक उडडयन कार्यालयका प्रमुख महेन्द्रबहादुर सिहंले जानकारी दिए ।
उत्तरी हिल्सा नाका खुलेपछि भारतीय तीर्थयात्रीहरु मनसरोवर कैलाश दर्शन गर्न आउने भक्तालु आउन थालेपछि सिमकोट विमानस्थल व्यस्त हुने गरेको प्रमुख सिहंले बताए ।
शुत्रबार सीता एयरले १० वटा फ्लाइट, तारा एयरको ७ वटा र समिट एयरको १४ फ्लाइट र एक फ्लाइट नेपाल एयरलाइनले उडान भरेको उनले अनलाइनखबरसँग भने ।
सिमकोट विमानस्थलमा नेपालगञ्जबाट दुई वटा सीता एयरलाइन्सका जहाज, दुईवटा २ तारा एयरलाइन्स र ४ वटा समिट एयरलाइन्सले नियमित उडान भर्ने गरेको सिहंको भनाइ छ ।
सिमकोट विमानस्थलबाट हिल्सा नाकसम्म भारतीय तीर्थयात्री ओसारपोसारको लागि ५ वटा हेलिकप्टरले उडान भर्दै आएका छन ।
कोरोना महामारीपछिको यो नै धेरै उडान–अवतरण हो ।
१२७१ भारतीय तीर्थयात्रीले गरे मानसरोवर कैलाश दर्शन
०८१ साल चैत ४ गते देखि हालसम्म सिमकोट विमानस्थल हुदैँ चीनको कैलाश मानसरोवर दर्शन गर्न भारतीय तिर्थयात्रीको संख्या ह्वात्तैै बढेको छ ।
कोरोना महामारीले बन्द हिल्सा नाकामा अहिले चलपहल बढेको छ । हालसम्म ६२२ जना महिला र ६४९ जना पुरुष गरी १२७१ जना भारतीय तीर्थयात्रीहरुले चीनको कैलाश मानसरोवर दर्शन गरेका छन् ।
सिमकोट विमानस्थल सुरक्षा गार्डका अनुसार अन्य मुलुकबाट ७० जना महिला र ७९ जना पुरुष सिमकोट विमानस्थल भित्रिएको जनाएको छ ।
५ वटा हेलिकप्टर सिमकोट विमानस्थलमै
भारतीय तीर्थयात्रीहरुलाई सिमकोट विमानस्थलबाट हिल्सानाका हिल्सानकाबाट सिमकोट ओसार पोसार गर्न ५ वटा हेलिकप्टर रहेका छन ।
हालसम्म जम्मा ११८८ जना भारतीय र अन्य मुलुकका तीर्थयात्री हेलिकप्टरबाट आउजाउ गरेका छन् । जसमा ५५५ जना पुरुष र ५०५ जना महिला गरी १०६० जना भारतीय रहेका छन् भने अन्य मुलुकबाट ५६ जना पुरुष ७२ जना महिला रहेका छ ।
हाल सिमकोट विमानस्थलमा सिम्रिक एयरलाइन्स, प्रभु,माउन्टेन, कैलाश र फिस्टेल एयरको हेलिकप्टर रहेका छन् ।
प्रतिक्रिया 4