
२९ असार, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
उनका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर र २६ जनाको अवस्था मध्यम छ । ‘धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा छन्,’ अधिकारीले भने ।
घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4