+
+
Shares

गुल्मीको कालीगण्डकी करिडोर फेरि अवरुद्ध, दुई स्थानमा पहिरो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ११:३०
Photo Credit : फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक आइतबार बिहान पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ।
  • एसपी नारायणप्रसाद अधिकारीको अनुसार सडक खुलाउने प्रयास भइरहेको छ।
  • एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

२९ असार, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ। आइतबार बिहान कालीगण्डकी गाउँपालिका वडानम्बर–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टान सहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

उनका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो। यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन्।

बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए।

कालीगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ। एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?