+
+
Shares

मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार २९ अंकले बढेर २७६० अंकमा कायम रह्यो र कारोबार रकम ११ अर्ब ४१ करोड पुगेको छ।
  • मौद्रिक नीतिले माइक्रोफाइनान्सको लाभांश सीमा पुनरावलोकन गर्ने र बैंकको आधार दर यथार्थपरक बनाउने घोषणा गरेको छ।
  • एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ।

२९ असार, काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढे पनि टिक्न सकेन । ११ः ०१ बजे नेप्से २७९७ अंकसम्म पुगेको थियो । तर बिक्री चाप बढेपछि बजार सम्हालियो ।

कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४१ करोडको भयो ।

१५८ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो । आज बैंकिङ र माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढे । माइक्रोफाइनान्स ३.५० र बैंकिङ ३.३७ प्रतिशत बढे ।

माइक्रोफाइनान्स कम्पनीलाई लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको सीमामा पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको छ । जसले गर्दा यो समूह सबैभन्दा धेरै बढ्यो । त्यस्तै बैंकको आधार दर गणनालाई यथार्थपरक बनाउने उद्घोष नीतिमा गरिएको छ । यसले बैंकिङ समूहलाई बढाउन मद्दत पुग्यो ।

विकास बैंक १.४७, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत बढे । हाइड्रोपावर ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, अन्य ०.२७ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जीवन विकास लघुवित्तको ९.६१, नेस्डो समृद्धि लघुवित्तको ७.३०, समाज लघुवित्तको ६.५० प्रतिशत मूल्य बढ्यो ।

हिमालयन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । राप्ती हाइड्रोको ७.३४, भगवती हाइड्रोको ६.९३ तथा पन्चकन्या माइ हाइड्रोको ५.३६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआईसी एसिया बैंक, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा बैंक र सीईडीबी होल्डिङ्स छन् ।
बजारको पूँजीकरण ४६ खर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?